मलंगवा नगरपालिकाको संक्षिप्त परिचय

मलंगवा महेन्द्र राजमार्गको नवलपुरदेखि २५ किलोमिटर दक्षिणमा अवस्थित सर्लाही जिल्लाको सदरमुकाम हो । पूर्वमा त्रिभुवन नगर,भेल्ही गा.वि.स र भारतको सोनवर्षा, पश्चिममा मोतिपुर गा.वि.स, उत्तरमा गम्हरिया गा.वि.स. तथा दक्षिणमा खुटौना गा.वि.स. र भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्ला पर्दछ । कुल क्षेत्रफल १३.७ वर्ग कि.मि. रहेको छ । राष्ट्रिय जनगणना-२०६८ को अनुसार पुरुष  १५५६८ र महिला १४७२४ गरी नगरपालिका को कुल जनसंख्या ३०२९२ रहेको छ जसमा ५२६६ घरधुरी सामेल छन्|