FAQs Complain Problems

Brief Introduction

मलंगवा महेन्द्र राजमार्गको नवलपुरदेखि २५ किलोमिटर दक्षिणमा अवस्थित सर्लाही जिल्लाको सदरमुकाम हो । पूर्वमा त्रिभुवन नगर गा.वि.स. र भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्लाको सोनवरसा, पश्चिममा गणेशिया, मुसैली गा.वि.स. उत्तरमा गम्हरिया गा.वि.स. तथा दक्षिणमा भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्ला पर्दछ । कुल क्षेत्रफल ८५४.५६ हेक्टर रहेको छ । जसमा कृषिजन्य भूमि ६८०.१८ बसोबास १४०.५१ र बजार तथा अन्य क्षेत्र ३३.८७ रहेको छ ।