FAQs Complain Problems

संक्षिप्त परिचय

मलंगवा नगरपालिका पूर्व पश्चिम महेन्द्र राजमार्ग देखि २५ कि.मि. दक्षिण अवस्थित सबै जात जातिको बसोबास भएको र ३०.४४ वर्ग कि. मि. क्षेत्रफलमा फैलिएको तथा करिब ८ हजार २० घरधुरी तथा ४६ हजार ५१६ जनसंख्या रहेको यस नगरपालिका सर्लाही जिल्लाको सदरमुकाम प्रदेश न. २ को मध्ये भाग मा रहेको छ | अधिकांश भूमि समथर रहेको यो नगरपालिकामा बर्षातको पानी जम्ने समस्या रहेको छ | भारतको बिहार राज्य सीतामढी जिल्ला अन्तरगत सोनबर्षा जाने मुख्य प्रवेशद्वार यसै नगरपालिकामा पर्दछ | पुर्व मा ब्रहम्पुरी गांउपालिका, भारत को सोनबर्षा, पश्चिममा चकरघटटा र बिष्णु गांउपालिका, उत्तरमा कविलासी नगरपालिका र दक्षिणमा भारत बिहार राज्यको सीतामढी जिल्ला यति चार सिमाना भित्र रहेको यस नगरपालिकामा साविकका मुसैली समावेश गरि नेपाल सरकार मन्त्रि परिषद्को मिति २०७१/०१/२५ को निर्णयबाट गठन भएको यस नगरपालिकामा मिति २०७३/११/२७ को निर्णयानुसार साविक, गम्हरिया, खुटौना र भांडसर गा.बि.स. समेत समावेश गरि क्षेत्र विस्तार भएको हो |